सालका कडीसहित तीन पक्राउ
काठमाडाैं | असोज २१, २०८०
सांकेतिक तस्बिर
कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका– ८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु गोदावरी नगरपालिका–८ का २८ वर्षीय मदन छेडाल छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै पक्राउ गरेको हो । आज बिहान ४ बजे रु तीन लाख मूल्यका सालका कडी, ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले घटनाको थप अनुसन्धान गरी कारबाहीका लागि सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाउने तयारी गरेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए।
यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–८ का दोर्जे शाही ३० दशमलव ७५ क्यूफिट चिरान काठ र ८३ क्यूफिट गोलियासहित पक्राउ परेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।
शाहीले आमफाँटामा सञ्चालन गरेको मोहन्याल फर्निचर उद्योगभित्रबाट काँचो सालका नौ गोलिया, १२ थान चिरान गरेका कडी र २४ थान पटरासहित पक्राउ गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत गौचरण चौधरीले बताए।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

